logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग

    611
    SHARES
    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग

    काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गरेको छ । गत भाद्र २३ र २४ गते आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यलेयस कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग प्रदान गरेको हो ।



    उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे ।
    सो अवसरमा अर्थ सचिव, राजस्व सचिव लगायत सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो ।

    भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर खनालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

    साथै उक्त रकम सहित आजको मितिसम्म उक्त कोषमा १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २१ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट