काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले औषधिको न्यूनतम दररेट दाबीमा नयाँ निर्देशन जारी गरेको छ।
बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाका नाममा परिपत्र जारी गर्दै औषधिको न्यूनतम दररेट दाबीमा नयाँ निर्देशन जारी गरेको हो। औषधिको न्यूनतम दररेट स्वास्थ्य संस्थाहरुमा फरक–फरक पर्न गएपछि बीमा बोर्डले यो निर्देशन जारी गर्नुपरेको हो।
बीमा बोर्डका अनुसार सुविधा थैलीअन्तर्गतको सेवासुविधाहरुको परिमार्जित विवरण तथा दररेट, २०८१ बमोजिम औषधिका लागि तयार गरिएको दररेटभन्दा अस्पतालको दररेट न्यून भएमा अस्पतालकै दररेट दाबी गर्न निर्देशन दिइएको छ।
यसैगरी अस्पतालको दररेट बढी भएमा सुविधा थैलीअन्तर्गतका सेवासुविधाहरुको परिमार्जित विवरण तथा दररेट, २०८१ बमोजिमकै दररेट दाबी गर्न आवश्यक गृहकार्य गर्न बीमा बोर्डले निर्देशन दिएको छ।