logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • काठमाण्डौमा लगातार चिसो बढ्दो, न्यूनतम तापक्रम थप घट्यो

    काठमाण्डौमा लगातार चिसो बढ्दो, न्यूनतम तापक्रम थप घट्यो

    676
    SHARES
    काठमाण्डौमा लगातार चिसो बढ्दो, न्यूनतम तापक्रम थप घट्यो

    काठमाण्डौ । काठमाण्डौ उपत्यकामा लगातार न्यूनतम तापक्रम घटेको छ भने चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज (मंगलबार) बिहान ५:४५ बजे काठमाण्डौको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो।



    अझ यो सुरुवाती मापन मात्र हो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला काठमाण्डौको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ।

    सोमबार काठमाण्डौको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा थियो भने आइतबार ४ डिग्री सेल्सियस थियो।

    सोमबार काठमाण्डौको अधिकतम तापक्रम भने १५.३ डिग्री सेल्सियस थियो भने आइतबार १५.७ डिग्री सेल्सियस थियो।

    मौसम महाशाखाले हरेक दिन काठमाण्डौसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

    न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

    सोमबार यस्तो थियो देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम :


    अर्थ चाैतारी
  • मंगलबार, २२ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट