काठमाण्डौ । काठमाण्डौकाे गैरीगाउँमा भीषण आगलागी भएकाे छ । मंगलबार गैरीगाउँस्थित कारखाना छेउमा रहेको टहरोमा भीषण आगलागी भएको हाे ।
काठमाण्डौ महानगरपालिकाका नगर प्रहरीका अनुसार आगलागी भएको मुस्लो देखिएपछि अहिले महानगरको दमकल पठाइएको छ ।
महानगरको विपद् व्यवस्थापन विभाग प्रमुख समेत रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भने, ‘के भएको यकिन जानकारी छैन, एउटा कारखानामा आगलागी भएको जानकारी आएको छ । दमकल पठाइसकिएकाे छ ।’
काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार अहिले उक्त ठाउँमा दमकल पुगिसकेको छ ।
त्रिभुवन विमानस्थलको कार्यालयले भने विमानस्थलमा अहिले समस्या नरहेको जनाएको छ । यद्यपि केही जहाजहरू भने ट्राफिकको कारण होल्ड भएका छन् ।
अर्थ चाैतारी ।