logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • सानिमा रिलायन्स लाइफद्वारा सन्जीवनी मा.वि धुलिखेलमा शैक्षिक सामाग्री वितरण

    सानिमा रिलायन्स लाइफद्वारा सन्जीवनी मा.वि धुलिखेलमा शैक्षिक सामाग्री वितरण

    884
    SHARES
    सानिमा रिलायन्स लाइफद्वारा सन्जीवनी मा.वि धुलिखेलमा शैक्षिक सामाग्री वितरण

    काठमाण्डाै । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री सन्जीवनी मा.बि धुलिखेल काभ्रेका दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई ब्रेल शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।



    कम्पनीका क्षेत्रीय प्रबन्धक बलराम खत्री लगायत एरिया म्यानेजर सनी खाछें श्रेष्ठको उपस्थितिमा श्री सन्जीवनी मा.बिलाई सो सामाग्री हस्तान्तरण गरिएको हो।

    हाल यस विद्यालयमा २८ विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । ब्रेल शैक्षिक सामग्रीहरूले नेत्रहीन विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा पढ्न र सिक्न सहयोग गर्छन्। यसले समान शैक्षिक अवसर प्रदान गर्दै समावेशी शिक्षा र भविष्यका उच्च शिक्षा तथा रोजगारीका अवसरमा मद्दत गर्छ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्ने योजना रहेको जनाएको छ।

    हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ पुस २०८२
  • सम्बन्धित समाचार