logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • बिमा कम्पनीलाई सबै प्रकारका भुक्तानीमा विद्युतीय प्रणाली अपनाउन प्राधिकरणको निर्देशन

    बिमा कम्पनीलाई सबै प्रकारका भुक्तानीमा विद्युतीय प्रणाली अपनाउन प्राधिकरणको निर्देशन

    793
    SHARES
    बिमा कम्पनीलाई सबै प्रकारका भुक्तानीमा विद्युतीय प्रणाली अपनाउन प्राधिकरणको निर्देशन

    काठमाण्डौ । नेपाल बिमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।



    प्राधिकरणले जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी, लघुबिमा कम्पनी, पुनर्बिमा कम्पनी र बिमा दलालहरूलाई आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाका बैंक खातामा अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन आज निर्देशन दिएको छ ।

    सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ मा बिमकले बिमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा अनिवार्य रूपमा बिमालेखका शर्त वा प्रचलित कानून बमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा जम्मा हुने गरी भुक्तानी गर्नु पर्ने व्यवस्था रहेको र नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी बैंकिङ प्रणाली मार्फत डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको हो ।

    यसअघि, प्राधिकरणले बिमा कमपनीका स्थायी, अस्थायी, करार वा ज्यालादारी वा अन्य कुनै पनि प्रकारका कर्मचारी तथा श्रमिकहरूलाई दिइने पारिश्रमिक वा ज्याला बापतको भुक्तानी अनिवार्य रूपमा बैंक वा वित्तीय संस्था मार्फत सम्बन्धित कर्मचारी तथा श्रमिकको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट