logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • काठमाण्डौको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस

    काठमाण्डौको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस

    1K
    SHARES
    काठमाण्डौको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस

    काठमाण्डौ । सुरुवाती मापनमा आज बुधबार पनि काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम हिजोकै हाराहारीमा देखिएको छ।



    मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाण्डौको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस देखिएको हो। हिजो मंगलबार यो समय काठमाण्डौको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो।

    तर पछि बिहान ८:४५ बजे थप घटेर मंगलबार काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस कायम भएको थियो।

    आजको आधिकारिक न्यूनतम तापक्रम पनि सोही समयमा पुन: मापन गरिनेछ। त्यतिबेला काठमाण्डौको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ।

    मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

    न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

    सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

     


    अर्थ चाैतारी
  • बुधबार, २३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट