logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • लक्ष्मी सनराइज बैंकको कार्ड सेवा ६ घण्टा अवरुद्ध हुने

    लक्ष्मी सनराइज बैंकको कार्ड सेवा ६ घण्टा अवरुद्ध हुने

    689
    SHARES
    लक्ष्मी सनराइज बैंकको कार्ड सेवा ६ घण्टा अवरुद्ध हुने

    काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले आफ्नो कार्ड प्रणालीको स्तरोन्नति गर्नका लागि आगामी पुस २३ गते रातिदेखि ६ घण्टासम्म कार्ड सेवाहरू अवरुद्ध हुने जानकारी दिएको छ ।



    बैंकले एक सार्वजनिक सूचना जारी गर्दै हाल सञ्चालनमा रहेको कार्ड स्विचमा सुधार गर्नुपर्ने भएकाले सेवा केही समयका लागि बन्द गर्न लागिएको स्पष्ट पारेको छ ।

    बैंकका अनुसार, २०८२ पुस २३ गते राति १०:०० बजेदेखि पुस २४ गते बिहान ४:०० बजेसम्म कार्डसँग सम्बन्धित सम्पूर्ण कारोबारहरू प्रभावित हुनेछन् । यस ६ घण्टाको अवधिमा बैंकका ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड र डलर कार्ड प्रयोग गर्न पाउने छैनन् ।

    यस्तै, एटीएमबाट नगद झिक्ने, पिओएस मेसिनमार्फत गरिने भुक्तानी र ई-कमर्स (अनलाइन सपिङ) भुक्तानीका सेवाहरू पनि सो समयमा उपलब्ध नहुने बैंकले जनाएको छ ।

    यद्यपि, कार्ड सेवा अवरुद्ध भए पनि बैंकको मोबाइल मनी र इन्टरनेट बैंकिङ्ग सेवाहरू भने यथावत सुचारु रहनेछन् । प्रणाली सुधारको क्रममा ग्राहकहरूमा पर्न जाने असुविधाप्रति बैंकले क्षमा माग्दै, अत्यावश्यक कारोबारहरू सो समय अगावै वा वैकल्पिक माध्यमबाट गर्न समेत अनुरोध गरेको छ।


    अर्थ चाैतारी
  • बुधबार, २३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट