logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • युनिक नेपाल लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

    युनिक नेपाल लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

    754
    SHARES
    युनिक नेपाल लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

    काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।



    बैठकले देशव्यापी रूपमा बढ्दै गएको लघुवित्तविरोधी गतिविधिका कारण ऋण नतिर्ने प्रवृत्ति बढ्नु, व्यवसायिक मन्दीका कारण ऋणीको व्यवसाय प्रभावित भई कर्जा असुली हुन नसक्नु तथा युवा पलायनका कारण कर्जा लगानी विस्तार हुन नसकेको निष्कर्ष निकालेको छ ।

    साथै, कम्पनीको निष्क्रिय कर्जा बढ्दै जाँदा आम्दानीको ठूलो हिस्सा नोक्सानीमा डुबेको र यसले मुनाफा घट्दै नगद प्रवाहमा समेत असर परेको बैठकको निष्कर्ष छ ।

    यस्तो अवस्थामा सेयरधनीलाई लाभांश बाँड्ने चाहना हुँदाहुँदै पनि संस्थाको वित्तीय अवस्था जोगाउनु नै उत्तम विकल्प ठहर गर्दै लाभांश वितरण नगर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २३ पुस २०८२
  • सम्बन्धित समाचार