logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • अमेरिकाले आफ्ना नागरिकलाई भन्यो: खतरा देखियो, तुरुन्त भेनेजुएला छाड्नू

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो: खतरा देखियो, तुरुन्त भेनेजुएला छाड्नू

    1.3K
    SHARES
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो: खतरा देखियो, तुरुन्त भेनेजुएला छाड्नू

    काठमाण्डौ । अमेरिकाले आफ्ना नागरिकलाई तुरुन्तै भेनेजुएला छाड्न आग्रह गरेको छ। भेनेजुएलामा सशस्त्र अर्धसैनिक बलले अमेरिकी नागरिकलाई पक्रन खोजिरहेको भन्दै अमेरिकाको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई तत्काल त्यहाँबाट बाहिरिन चेतावनी दिएको हो।



    द गार्जियनका अनुसार शनिबार जारी सूचनामा भनिएको छ, ‘कोलेक्टिभो भनेर चिनिने सरकार समर्थक मिलिसियाका सशस्त्र सदस्यहरूले सडकमा अवरोध गरेर सवारीसाधन खानतलासी गरिरहेको सूचना आएको छ, ताकि त्यसमा अमेरिकी नागरिक वा अमेरिकाका समर्थक रहे/नरहेको पत्ता लगाउन सकियोस्।’

    सूचनामा अगाडि भनिएको छ, ‘भेनेजुएलामा अमेरिकी नागरिकले सडकमा यात्रा गर्दा सावधानी अपनाउन जरुरी छ र त्यहाँबाट केही अन्तर्राष्ट्रिय उडान फेरि सुरु हुनासाथ तुरुन्त निस्कन अनुरोध गरिन्छ।’

    अमेरिकाले यही जनवरी ३ तारिख भेनेजुएलामा सैन्य हमला गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोको दम्पतीलाई नै आफ्नो देशमा लगेर हिरासतमा राखेको छ। उनीहरूविरुद्ध न्युयोर्कस्थित अदालतमा हतियार र लागुपदार्थ तस्करी अभियोगमा मुद्दा दर्ता गरिएको छ।

    अहिले भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनेकी छन्।


    अर्थ चाैतारी
  • आइतबार, २७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट