काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य सङ्घमा आगामी दुईवर्षे कार्यकालका लागि कृष्णमुरारी न्यौपानेको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सङ्घको ३८औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट सङ्घको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति, साधारणतर्फको उपाध्यक्षमा दिनेश गोसाईं, वस्तुगत सदस्यतर्फको उपाध्यक्षमा विश्वराम दुवाल र एसोसिएटतर्फको उपाध्यक्षमा गणेशहरि प्रजापति निर्वाचित भएका छन्।
यसैगरी, महासचिवमा नवीन प्रजापतिलाई पराजित गर्दै रुकेश रञ्जित निर्वाचित भएका छन् भने सचिवमा गौतम सुजखू र कोषाध्यक्षमा रञ्जित मारिखू निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा एसोसिएटतर्फ बिजोन त्वानाबासू र शिशिर किसी निर्वाचित भएका छन् छन् भने अन्य सदस्यमा अनिल शिवाकोटी, अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, राजेश त्वानाबासू, राधाकृष्ण सापकोटा, गणेशभक्त गोसाईं, नारायणप्रसाद भुसाल, सुरेन्द्र प्रजापति, महेशकुमार शर्मा, सन्तोषकुमार मिश्र र श्यामप्रसाद मानन्धर निर्वाचित भएका छन् । यस्तै, महिलातर्फ कार्यसमिति सदस्यमा सरस्वती कार्की र मञ्जु सुवेदी, कृतन अवाल निर्वाचित भएका छन् ।
अर्थ चाैतारी ।