logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सेन्ट्रल फाइनान्सको २९औं साधारण सभा सम्पन्न, १९ शाखाबाट बैंकिङ सेवा

    सेन्ट्रल फाइनान्सको २९औं साधारण सभा सम्पन्न, १९ शाखाबाट बैंकिङ सेवा

    910
    SHARES
    सेन्ट्रल फाइनान्सको २९औं साधारण सभा सम्पन्न, १९ शाखाबाट बैंकिङ सेवा

    काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको २९औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले विगत २९ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।



    ललितपुरको कुपण्डोल कानदेवस्थानमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल फाइनान्सले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही, महोत्तरी, नवलपरासी, बारा, सिन्धुली, सर्लाही, धनुषा, सुनसरी, झापा, पर्सा, मोरङ र रौतहटलगायत स्थानमा गरी हाल १९ शाखा तथा भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ ।

    संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, रेमिट्यान्स, सी–आस्वालगायतका आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्दै लैजाने लक्ष्य लिएको संस्थाले जनाएको छ ।

    ग्राहकका बैंक खाता, वालेट तथा क्यूआरमार्फत हुने विद्युतीय रकमान्तर र भुक्तानीलाई सहज बनाउन आवश्यक पूर्वाधार तयार गरिएको र विभिन्न शाखामा एटीएम सेवा पनि सञ्चालनमा रहेको संस्थाले जानकारी दिएको छ ।

    हाल फाइनान्सको चुक्ता पूँजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको छ । संस्थाको कुल निक्षेप ८ अर्ब २८ करोड रुपैयाँ र कर्जा लगानी ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट