logo

२०८३ असार २६, शुक्रबार

logo
  • २०८३ असार २६, शुक्रबार
  • भारतमा नयाँ आर्थिक वर्षको बजेट घोषणा, चीनसँगको प्रतिस्पर्धामा डेडिकेटेड रेयर अर्थ करिडोर

    भारतमा नयाँ आर्थिक वर्षको बजेट घोषणा, चीनसँगको प्रतिस्पर्धामा डेडिकेटेड रेयर अर्थ करिडोर

    1.1K
    SHARES
    भारतमा नयाँ आर्थिक वर्षको बजेट घोषणा, चीनसँगको प्रतिस्पर्धामा डेडिकेटेड रेयर अर्थ करिडोर

    एजेन्सी । भारत सरकारले आर्थिक वर्ष २०२६–२७ को वार्षिक आयव्यय विवरण आइतबार सार्वजनिक गरेको छ । अर्थमन्त्री निर्मला सीतारमणले बजेटमा विभिन्न नयाँ प्याकेजहरूको घोषणा गरेकी छन् ।



    महत्त्वपूर्ण रूपमा, अर्थमन्त्रीले भारतका लागि डेडिकेटेड रेयर अर्थ (दुर्लभ खनिज पदार्थ) करिडोरको घोषणा गरेकी छन् । उनले नोभेम्बर २०२५ मा रेयर अर्थ पर्मानेन्ट म्याग्नेटका लागि एउटा योजना सुरु गरिएको बताइन् । उनले भनिन्, ‘अब हामी उडिसा, केरल, आन्ध्र प्रदेश र तामिलनाडु जस्ता खनिज समृद्ध राज्यहरूलाई डेडिकेटेड रेयर अर्थ करिडोर स्थापना गर्न मद्दत गर्ने प्रस्ताव गर्छौं ।’

    अर्थमन्त्रीले आफ्नो बजेट भाषणमा सेमिकन्डक्टरमा विशेष ध्यान दिएकी छन् । अर्थमन्त्रीले सेमिकन्डक्टरका लागि ४० हजार करोड भारु उपलब्ध गराउने घोषणा गरिन् । भारतले सेमिकन्डक्टर मिशनमा आफ्नो ध्यान केन्द्रित गर्ने उनले बताइन् । यसअन्तर्गत आन्तरिक क्यापिटल–गुड्स (पुँजीगत वस्तु) क्षमता निर्माण गर्ने र एउटा स्वतन्त्र आपूर्ति शृंखला बनाउने कुरामा जोड दिइनेछ ।

    चीनले दुर्लभ खनिज पदार्थको उत्पादन तथा आपूर्ति शृंखलामा प्रभुत्व कायम गरेको सन्दर्भमा भारतले यो कदम चाल्न खोजेको हो । अर्थमन्त्रीले यसका लागि उडिसा, तमिलनाडु, आन्ध्र प्रदेश र केरल जस्ता खनिज–समृद्ध राज्यहरूमा रहेका दुर्लभ खनिज पदार्थ स्रोतहरूसम्म पहुँच प्राप्त गर्न महत्त्वपूर्ण हुने बताइन् ।

    बालिकाहरूको शिक्षालाई सहयोग गर्न प्रत्येक जिल्लामा एउटा बालिका छात्रावास निर्माण गर्ने घोषणा उनले गरिन् । अर्थमन्त्रीले उच्च शिक्षामा, विज्ञान प्रविधि अध्ययन संस्थाहरूमा, पढाइको लामो समय र प्रयोगशाला (ल्याब) को कामले छात्राहरूका लागि चुनौती तेर्स्याएको बताइन् ।

    यस्तो अवस्थामा प्रत्येक जिल्लामा एउटा बालिका छात्रावास बनाइनेछ ताकि इमर्सिभ अनुभवहरूमार्फत एस्ट्रोफिजिक्स र एस्ट्रोनोमीलाई प्रोत्साहन दिन सकियोस्, उनले भनिन् ।

    बजेटमा युवाहरूको रोजगारी र स्थानीय वृद्धिका लागि पर्यटनलाई जोड दिइएको छ । बजेटले रोजगारी र विकासको आफ्नो रणनीतिमा पर्यटनलाई केन्द्रमा राखेको छ । यस अन्तर्गत रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र स्थानीय आर्थिक विकासमा यसको भूमिकामा जोड दिइएको छ । सरकारले देशभर यस क्षेत्रलाई सुदृढ बनाउन संस्था निर्माण, सीप विकास, डिजिटल डकुमेन्टेसन र इको–टुरिजम पहलहरूको मिश्रण पेश गरेको छ ।

    अर्थमन्त्रीले बजेट भाषणमा नयाँ आयकर ऐन यसै वर्षदेखि लागू गर्ने कुरा बताएकी छन् । उनले कर फारमलाई सरल बनाउने कुरा गरेकी छन् । यसमा दण्डको साटो कर तिरेर छुट पाउन सकिने व्यवस्था छ । यसमा मुद्दा मामिला घटाउन कदम चालिएको छ । साथै अघोषित आय एक करोड भारु गर्ने प्रस्ताव छ । जुलाई ३१ सम्म आईटी रिटर्न फाइल गर्न सकिनेछ ।

    अर्थमन्त्री निर्मला सीतारमणले बजेट २०२६ मा लखपति दिदी कार्यक्रमको सफलतालाई अगाडि बढाइएको बताइन् । यसअन्तर्गत सरकारले महिलाहरूलाई कर्जासम्बन्धित जीविकोपार्जनबाट उद्यमी मालिक बन्न मद्दत गर्ने योजना बनाइरहेको छ । साथै, क्लस्टर–स्तरका महासंघहरूभित्र समुदाय–स्वामित्वको रिटेल आउटलेटका रूपमा सेल्फ–हेल्प इन्टरप्रेन्योर मार्ट स्थापना गरिनेछन् ।

    यी मार्टहरूलाई राम्रो र नवीन लगानीमार्फत सहयोग गरिनेछ । यसबाट महिलाहरूले उद्यमशीलतामा अर्को कदम चाल्न सक्नेछन् । सीतारमणले बजेट भाषणमा खादी र हस्तशिल्प टेक्सटाइललाई बलियो बनाउन योजनाको प्रस्ताव गरेकी छन् । उनले बजेटमा टेक्सटाइल लेबर इन्सेन्टिभ स्किम र नेशनल ह्यान्डलूम एण्ड ह्यान्डीक्राफ्ट्स प्रोग्रामको घोषणा गरिन् ।

    अर्थमन्त्रीले च्यालेन्ज मोडमा मेगा टेक्सटाइल पार्कहरू स्थापना गर्ने प्रस्ताव रहेको बताइन् । उनले खादी र हस्तशिल्प टेक्सटाइललाई मजबुत बनाउन योजना बनाइएको र यसअन्तर्गत महात्मा गान्धी ग्राम स्वराज पहल सुरु गरिने जानकारी दिइन् ।

    अर्थमन्त्रीले बजेट भाषणमा शहरहरूमा नयाँ इकोनोमिक जोन (आर्थिक क्षेत्र) बनाउने घोषणा गरिन् । अर्थमन्त्रीले देशमा आर्थिक सुधारको गाडी सही बाटोमा रहेको पनि बताइन् । उनले भनिन्, ‘हामी हाम्रा कर्तव्यहरू पूरा गर्नका लागि मद्दत पुर्याउने गति कायम राख्नेछौं ।’ सीतारमणले भारतलाई अगाडि राख्नका लागि ६ चरणको प्रक्रियाबारे जानकारी दिइन् ।

    अर्थमन्त्रीले कर्पोरेट बोन्डमा टोटल रिटर्न स्वाप पेश गरिने बताइन् । म्युनिसिपल बोन्ड बजारलाई प्रोत्साहन दिन हालको अमृत योजनाको आधारमा १ हजार करोड भारुभन्दा बढीको बोन्ड जारी गर्दा ठूला शहरहरूलाई १०० करोड भारुको प्रोत्साहन भत्ता दिइनेछ ।

    अर्थमन्त्री सीतारमणले बजेट भाषणमा लगानी आकर्षित गर्न कर्पोरेट र म्युनिसिपल बोन्ड बजारलाई प्रोत्साहन दिने कुरा बताइन् । उनले विदेशी लगानीलाई भारतको परिवर्तनशील आर्थिक प्राथमिकताहरूसँग जोड्नका लागि सरकारले कर्पोरेट बोन्ड इन्डेक्समा कोष र डेरिभेटिभ्ससम्म पहुँच पुर्याउने मार्केट–मेकिङ फ्रेमवर्क पेश गरेर कर्पोरेट बोन्ड बजारलाई बलियो बनाउने योजना बनाइरहेको जानकारी दिइन् ।

    सीतारमणले केन्द्रीय बजेटमा प्रमुख शहरी तथा आर्थिक केन्द्रहरूमा सातवटा हाई–स्पीड रेल करिडोर विकास गर्ने प्रस्ताव गरिन् । त्यसका साथै वातावरणमैत्री यातायातलाई प्रोत्साहन दिने कुरा पनि उनले उल्लेख गरिन् । यी करिडोरहरूले ग्रोथ कनेक्टर (विकासका सूत्रधार) का रूपमा काम गर्नेछन्, यात्राको समय घटाउनेछन्, प्रदूषण कम गर्नेछन् र क्षेत्रीय विकासमा सहयोग पुर्याउनेछन् ।


    अर्थ चाैतारी
  • आइतबार, १८ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट