काठमाण्डौ । सर्वोच्च अदालतले शरद ओझाको मुद्दामा गत भदौ २३ मा दिएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने नयाँ आदेश जारी गरेको छ ।
अन्तरिम आदेशका लागि आइतबार भएको पेशीका क्रममा न्यायाधीश द्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलाशले ‘अन्तरिम आदेश निरन्तरता नहुने’ भनेर नयाँ आदेश जारी गरेको हो ।
ओझालाई सरकारले पदमुक्त गरेर नयाँ अध्यक्ष नियुक्तीको प्रक्रिया सुरु गरेपछि गएको भदौ २२ मा उनले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । भोलिपल्टै भएको सुनुवाईमा न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलाशले अल्पकालिन अन्तररिम आदेश जारी गरेको थियो । त्यो आदेशलाई आजको आदेशले ‘अन्त्य’ गरिदिएको छ ।
अब उक्त मुद्दा फैसलाका लागि थप सुनुवाई हुने छन् । त्यसपछि ओझा प्राधिकरणमा फर्कन पाउने कि नपाउने भन्ने टुङ्गो लाग्ने छ ।
अर्थ चाैतारी ।