logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • आज सुरुवाती मापनमा कति देखियो काठमाण्डौको न्यूनतम तापक्रम?

    आज सुरुवाती मापनमा कति देखियो काठमाण्डौको न्यूनतम तापक्रम?

    1.1K
    SHARES
    आज सुरुवाती मापनमा कति देखियो काठमाण्डौको न्यूनतम तापक्रम?

    काठमाण्डौ । काठमाण्डौ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।



    मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज (मंगलबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाण्डौको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस छ।

    हिजो (सोमबार) यो बेला काठमाण्डौको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस थियो। तर बिहान ८:४५ बजे आधिकारिक मापनमा काठमाण्डौको न्यूनतम तापक्रम सोमबार ५.७ डिग्री सेल्सियस कायम भएको थियो।

    आज पनि आधिकारिक न्यूनतम तापक्रम अहिले त्यही समय (बिहान ८:४५) मा मापन गरिन्छ। त्यतिबेला काठमाण्डौको न्यूनतम तापक्रम सुरुवाती मापनमा देखिएभन्दा केही कम हुने सम्भावना हुन्छ।

    मौसम महाशाखाले हरेक दिन काठमाण्डौसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

    न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

    सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।


    अर्थ चाैतारी
  • मंगलबार, २० माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट