logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • दोहोरो अंकले घट्याे नेप्से, ८ अर्ब ६३ करोडकाे कराेबार

    दोहोरो अंकले घट्याे नेप्से, ८ अर्ब ६३ करोडकाे कराेबार

    1.2K
    SHARES
    दोहोरो अंकले घट्याे नेप्से, ८ अर्ब ६३ करोडकाे कराेबार

    काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से दोहोरो अंकले घटेकाे छ। हिजो १.५३ अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज १२.५८ अंकले घटेर २६ सय ८३ दशमलव १५ बिन्दुमा रोकिएको छ।



    नेप्से परिसूचक घटेपनि यसदिन कारोबार रकम भने बढेको छ। आज ३२२ कम्पनीको १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।

    हिजाे ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार रुपैयाँको कारोबार भएको थियाे ।

    आज हाेटल तथा पर्यटन समुहकाे उपसूचक १.७९, म्युच्युअल फण्ड १ र उत्पादन तथा प्रशाेधन समुह ०.३७ प्रतितश बढेकाे छ भने बाँकी सबै समुह घटेका छन् । यसदिन फाइनान्स समुह सर्वाधिक १.०९ प्रतशत घटेकाे छ।

    ६६ कम्पनिकाे सेयर मूल्य बढेकाेमा आज १९० कम्पनीकाे सेयर मूल्य घटेकाे छ भने ३ वटाकाे स्थिर रहेकाे छ। यसदिन कालिन्चाेक दर्शनकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने एचएलआई लार्ज क्याप फण्डको सेयर मूल्य ९.९५ प्रतिशत बढेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २० माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट