logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • राष्‍ट्रिय सभाको अधिवेशन फागुन १ बाट अन्त्य हुने

    राष्‍ट्रिय सभाको अधिवेशन फागुन १ बाट अन्त्य हुने

    1K
    SHARES
    राष्‍ट्रिय सभाको अधिवेशन फागुन १ बाट अन्त्य हुने

    काठमाण्डौ । राष्‍ट्रिय सभाको चालु अधिवेशन फागुन १ गतेबाट अन्त्य हुने भएको छ।



    सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन अन्त्य गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएको छ। सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि माघ २६ गते सिफारिश गरेको थियो।

    बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१०/२६ को सिफारिसमा संवत् २०८२ साल फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्‍ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ।’

    राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेदेखि सुरु भएको थियो।


    अर्थ चाैतारी
  • विहिबार, २९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट