काठमाण्डौ । एनसेलले फुडमान्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरु गरेको छ, जसले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमान्डु अर्डरमा छुट सुविधा प्रदान गरेको छ । यो अफरमा एनसेलका ग्राहकहरूले फुडमान्डुमा गर्ने खानाका परिकारको अर्डरमा १५० रुपैयाँको छुट पाउँछन् ।
फागुन ५ देखि सञ्चालनमा आएको यो अफरमा ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्य रहेका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकहरूले १५० रुपैयाँको छुटको कुपन प्राप्त गर्दछन् । यो कुपन फुडमान्डुमा एक हजार वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिन्छ ।
एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुट कुपन पाउँछन् । ग्राहकहरूले यी प्याकहरू एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट खरिद गर्न सकिने जनाइएको छ ।
ग्राहकले प्याक लिएपछि छुट कुपन एसएमएसमार्फत प्राप्त गर्दछन् । यदि ग्राहकले एकभन्दा बढी अफरमा समावेश प्याक खरिद गरेमा उनीहरूले त्यही अनुसार एकभन्दा बढी १५० रुपैयाँ छुटका कुपनहरू प्राप्त गर्नेछन् र यसरी प्राप्त कुपन फुडमान्डुको मोबाइल एप वा आधिकारिक वेबसाइटमार्फत खाना अर्डर गर्दा प्रयोग गर्न सकिन्छ ।
कुपन जारी मितिदेखि २८ दिनसम्म मान्य रहने जनाइएको छ र यो अरू कसैलाई नदिन फुडमान्डुले भनेको छ, जसले ग्राहक स्वयंले यो सुविधा लिनसक्ने सुनिश्चित गर्दछ । यो अफर एनसेलको रिन्युवल प्याक, सापाटी प्याक र गिफ्ट प्याक खरिदमा भने लागु नहुने जनाइएको छ ।
अर्थ चाैतारी ।