काठमाण्डौ । गोरक्ष हाइड्रोपावरले जगेडामा रहेको २४ लाख कित्ता शेयर बिक्रीमा राखेको छ।
कम्पनीले हाल कायम शेयरधनीहरुलाई उक्त शेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।
इच्छुक शेयरधनीले शेयर खरिदका लागि फर्म, नागरिकता, राष्ट्रिय परिचयपत्र र बैंकमा रकम जम्मा गरेको भौचरसहित काठमाडौंको बत्तीसपुतलीस्थित कार्यालयमा निवेदन दिनुपर्नेछ।
निवेदन १५ दिनभित्र पेस गर्नुपर्नेछ। तोकिएको अवधिभित्र हाल कायम शेयरधनीहरुबाट निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
अर्थ चाैतारी ।