logo

२०८३ असार २७, शनिबार

logo
  • २०८३ असार २७, शनिबार
  • चालु खातामा करिब ५ खर्ब बचत, वैदेशिक लगानीमा पनि वृद्धि

    चालु खातामा करिब ५ खर्ब बचत, वैदेशिक लगानीमा पनि वृद्धि

    689
    SHARES
    चालु खातामा करिब ५ खर्ब बचत,  वैदेशिक लगानीमा पनि वृद्धि

    काठमाण्डौ । नेपालको चालु खातामा करिब ५ खर्ब बचत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को सात महिनाको तथ्याङ्क अनुसार मुलुकको बाह्य क्षेत्र सुदृढ रहेको देखाएको छ ।



    राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्षको माघ मसान्तसम्मा चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोड रुपैयाँले मात्र बचतमा थियो।

    अमेरिकी डलरमा तुलना गर्दा पनि यो सुधार निकै आकर्षक देखिन्छ । अघिल्लो वर्षको सात महिनामा १ अर्ब ३७ करोड डलर बचतमा रहेको चालु खाता यस वर्षको सोही अवधिमा बढेर ३ अर्ब ४७ करोड डलर पुगेको छ । यसले मुलुकमा भित्रिने र बाहिरिने रकमको सन्तुलन सकारात्मक रहेको पुष्टि गर्दछ ।

     

    प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि

    समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफरमा पनि वृद्धि भएको छ । गत वर्ष ५ अर्ब ८३ करोड रुपैयाँ रहेको पुँजीगत ट्रान्सफर यस वर्ष बढेर ११ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

    त्यसैगरी वैदेशिक लगानीको क्षेत्रमा पनि सकारात्मक सङ्केत देखिएको छ । तथ्याङ्क अनुसार खुद प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १० अर्ब २२ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ७ अर्ब ४३ करोड रुपैयाँ मात्र रहेको थियो । यसले नेपालमा वैदेशिक लगानीकर्ताको आकर्षण क्रमिक रूपमा बढ्दै गएको देखाउँछ ।

     

    शोधनान्तर स्थिति ५ खर्ब माथि

    मुलुकको समग्र वित्तीय लेनदेनको ऐना मानिने शोधनान्तर स्थिति पनि निकै बलियो देखिएको छ । ७ महिनामा शोधनान्तर स्थिति ५ खर्ब ३२ अर्ब ७३ करोड रुपैयाँले बचतमा रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले मात्र बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको २ अर्ब ११ करोड डलरको तुलनामा वृद्धि भई यस वर्ष ४ अर्ब ३ करोड डलर बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २७ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट