logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • नेप्से परिसूचक र कारोबार रकम दुवैमा उत्साहजनक वृद्धि

    नेप्से परिसूचक र कारोबार रकम दुवैमा उत्साहजनक वृद्धि

    624
    SHARES
    नेप्से परिसूचक र कारोबार रकम दुवैमा उत्साहजनक वृद्धि

    काठमाण्डौ । चुनावपछिको दोस्रो कारोबार दिनबाट लगातार घटेको बजार आज भने दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अंकले बढेर २८२० को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ५५ करोडको शेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडिसीएलको ५६ करोड ८३ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । कुमारी बैंकको ४४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको ४४ करोड माथिको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेशनल हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । होटल फरेष्ट इनका

    लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कुमारी सबल योजनाका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

    आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेशनल हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । होटल फरेष्ट इनका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् ।

     


    अर्थ चाैतारी
  • विहिबार, २८ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट