logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • खुश्बु ओलीले संस्कृतमा शपथ लिने, अरु को-को सांसदले रोजे मातृभाषा ?

    खुश्बु ओलीले संस्कृतमा शपथ लिने, अरु को-को सांसदले रोजे मातृभाषा ?

    585
    SHARES
    खुश्बु ओलीले संस्कृतमा शपथ लिने, अरु को-को सांसदले रोजे मातृभाषा ?

    काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने भएकी छन्। संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथका लागि तय गरेको कार्यतालिका अनुसार झापाकी सांसद ओलीले आफ्नो शपथको भाषा संस्कृत रोजेकी हुन्।



    संसद् सचिवालयले नेपालीबाहेकका मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि सोमबारसम्म नाम टिपाउने समय सीमा तोकेको थियो।

    सो अवधिमा खुश्बु ओलीसहित विभिन्न दलका दुई दर्जन सांसदहरूले आफ्नो मातृभाषा वा रुचि अनुसारको भाषामा शपथ लिने गरी विवरण बुझाएका छन्। नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।

    यस पटकको शपथ ग्रहणमा नेपाल भाषा (नेवारी), मैथिली, डोटेली, थारु, तामाङ र बान्तावा लगायतका भाषाहरूको उपस्थिति देखिएको छ।

    सचिवालयका अनुसार मातृभाषामा शपथ लिन चाहने सांसदहरूले आफ्नै भाषामा शपथको बेहोरा अनुवाद गरी त्यसको कपी सचिवालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

    सूची हेर्नुहोस्

    No description available.


    अर्थ चाैतारी
  • मंगलबार, १० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट