logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • नेप्सेमा २३ अंकको वृद्धि, कारोबार रकम १४ अर्ब ८३ करोड

    नेप्सेमा २३ अंकको वृद्धि, कारोबार रकम १४ अर्ब ८३ करोड

    585
    SHARES
    नेप्सेमा २३ अंकको वृद्धि, कारोबार रकम १४ अर्ब ८३ करोड

    काठमाण्डौ । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८३ अंकले बढेर २,९६० को विन्दुमा कायम भएको छ । आज १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६७ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ५७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडिसीएलको ४५ करोड ७० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पाटर्नरका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् । बजार बढ्दा नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ९.१२ प्रतिशतले बढ्दा लघुवित्त समूहमा सर्वाधिक ०.४६ प्रतिशतको गिरावट आएको छ।

    आज बजारमा १३६ कम्पनीको शेयरभाउ बढेको छ भने ११७ कम्पनीको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

    बजारमा आज १४ अर्ब ८३ करोड रुपैयाँ बढीको करोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

    उच्च कारोबार भएका १० कम्पनी

    राधी विद्युतः ६७ करोड ४३ लाख रुपैयाँ
    अपी पावरः ५७ करोड ८७ लाख रुपैयाँ
    एचआईडीसीएलपीः ४५ करोड ७० लाख रुपैयाँ
    ङादी ग्रुप पावरः ४१ करोड ३१ लाख रुपैयाँ
    शिवम सिमेन्टः ३९ करोड १० लाख रुपैयाँ
    सिंगटी हाइड्रोः ३६ करोड ३३ लाख रुपैयाँ
    कुमारी बैंकः ३५ करोड २० लाख रुपैयाँ
    एनआरएन इन्फ्रास्ट्रक्चरः ३२ करोड ३४ लाख रुपैयाँ
    रिडी पावरः ३० करोड ४० लाख रुपैयाँ
    एसवाई प्यानलः २७ करोड ४७ लाख रुपैयाँ


    अर्थ चाैतारी
  • मंगलबार, १० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट