काठमाण्डौ । यातायात व्यवस्था विभागले छापिएका १०७७ थान सवारी लाइसेन्स सार्वजनिक गरेको छ । बुधवार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो ।
साथै, विभागले उक्त सवारी लाइसेन्स लिन आउँदा आवश्यक कागजात लिएर विभागमा उपस्थित हुन आग्रह गरेको छ । विभागले भनेको छ, ‘कृपया सवारी चालक अनुमति पत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमति पत्र समेत लिई आउनुहोला ।’
विभागले तुरुन्तै सवारी लाइसेन्स आवश्यक परेका चालकले अनलाइन तथा भौतिक रूपमा आवेदन दिएपछि अत्यावश्यक लाइसेन्स सुरक्षण मुद्रण केन्द्रबाट छपाइ गर्दै आएको छ ।
गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा विभागमा आगजनी हुँदा लाइसेन्स छपाइ रोकिएको थियो । हाल सुरक्षण मुद्रण केन्द्रबाट भइरहेको छ ।
अर्थ चाैतारी ।