काठमाण्डौ । उच्च शिक्षाका लागि अमेरिका र क्यानडा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै आगामी चैत १५ गते काठमाण्डौमा ‘इन्टरनेसनल एन्ड ग्लोबल करियर समिट २०२६’ आयोजना हुने भएको छ। अर्बिट इन्टरनेसनल एजुकेसन र स्ट्र होल्डिङ्सले नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा उक्त कार्यक्रम गर्न लागेका हुन्।
समिटमा अमेरिकी वित्तीय संस्था ‘एमपावर फाइनान्सिङ’ का विशेषज्ञहरूले विदेश अध्ययनका क्रममा आवश्यक पर्ने विना धितो शैक्षिक ऋण र वित्तीय व्यवस्थापनबारे विद्यार्थी तथा अभिभावकसँग प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन्।
विशेषगरी अमेरिका र क्यानडाको अध्ययन अनुमति, स्वास्थ्य बिमा, सुरक्षा र अध्ययनपछिको कार्य अनुमति (वर्क परमिट) का विषयमा जानकारी दिने उद्देश्यले यो समिट आयोजना गरिएको हो। कार्यक्रम बिहान १० देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
अर्थ चाैतारी ।