काठमाण्डौ । आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा आइपुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४४ हजार ८५५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय २० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय ३३ रुपैयाँ तोकिएको छ ।
अर्थ चाैतारी ।