logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • मन्त्रिपरिषद् बैठकमा ट्रम्पले इरानबारे जे बोले, त्यसले उठायो नयाँ प्रश्न

    मन्त्रिपरिषद् बैठकमा ट्रम्पले इरानबारे जे बोले, त्यसले उठायो नयाँ प्रश्न

    715
    SHARES
    मन्त्रिपरिषद् बैठकमा ट्रम्पले इरानबारे जे बोले, त्यसले उठायो नयाँ प्रश्न

    काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मन्त्रिपरिषद् बैठक राखेका छन्। बैठकमा उनले इरानले युद्ध अन्त्य गर्न सम्झौतामा पुग्नुपर्ने कुरा दोहोर्‍याएका छन्।



    बीबीसीका अनुसार यस क्रममा उनले ‘यदि इरान वार्तामा आएन भने अमेरिकाले आक्रमण जारी राख्ने’ चेतावनी पनि दिए। उनको यो भनाइसँगै यसअघि इरानसँग वार्ता भइरहेको भन्ने दाबीमा नयाँ प्रश्न उठेको छ।

    किनकि उता इरानका अधिकारीहरूले पनि आफ्नो देश अमेरिकासँग कुनै वार्ता नरहेको बताइरहेका छन्। बुधबार मात्र इरानले अमेरिकाको शान्ति प्रस्ताव अस्वीकार गर्दै पाँच सर्त अघि सारेको छ।

    मन्त्रिपरिषद् बैठकमा ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकाले इरानसमक्ष १५ बुँदे शान्ति प्रस्ताव प्रस्तुत गरेको पुष्टि गरे। राष्ट्रपति ट्रम्पले न त इरानले प्रस्ताव अस्वीकार गरेको उल्लेख गरे न त मध्यपूर्वमा स्थल सेना पठाउने आफ्नो निर्णयबाेर केही बताए।

    उनले केवल यो निर्णय अब इरानको हातमा रहेको र युद्धविराममा सहमत भएन भने गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए।

    राष्ट्रपति ट्रम्पले भने, ‘यदि उनीहरूले त्यसो गरेनन् भने हामी उनीहरूको सबैभन्दा खराब दुःस्वप्न बन्नेछौँ। हामी उनीहरूलाई बिनारोकटोक लगातार निसाना बनाउनेछौँ।’ यद्यपि अमेरिकाले इरानलाई वार्ताको टेबलमा ल्याउने योजना कसरी बनाएको छ भन्ने कुरा स्पष्ट छैन।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट