काठमाण्डौ । नेपालमा हुण्डाई, फोर्थिङ र काई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ग्रुपले WADA अटो शो २०२६ मा आकर्षक र विशेष अफरहरूको घोषणा गरेको छ ।
चैत ११ देखि चैत १५ सम्म ताल बाराही चोक लेकसाइड, पोखरामा आयोजना हुने यस कार्यक्रममा नयाँ गाडी खरिद गर्न वा आफ्नो पुरानो गाडी अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि सीमित अवधिको विशेष अभियान ल्याइएको छ ।
फोर्थिङ Friday मा ७ लाख रुपैयाँसम्मको लाभ
प्रिमियम इलेक्ट्रिक SUV फोर्थिङ फ्राइडे ६४.४ kWh क्षमताको उत्कृष्ट ब्याट्रीसहित उपलब्ध छ। १८५ mm ग्राउण्ड क्लियरेन्स र WLTP अनुसार ४०० किलोमिटरसम्मको रेञ्जसहित यो गाडी प्रिमियम EV सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन, सुरक्षा, अत्याधुनिक प्रविधि र आधुनिक डिजाइनको संयोजन सहित बलियो प्रतिस्पर्धीको रूपमा उभिएको छ ।
यस अवसरमा फोर्थिङ Friday किन्ने ग्राहकले ७ लाख रुपैयाँसम्मको लाभ पाउने कम्पनीले जनाएको छ ।
हुण्डाई र काई लाइनअपमा पनि आकर्षक अफर
फोर्थिङका साथै, लक्ष्मी ग्रुपले वाडा अटो शोमा आफ्नो हुण्डाई र काई लाइनअपमा पनि आकर्षक अफरहरू ल्याएको छ। कम्पनीले पोखराबासीलाई आफ्नो स्टलमा आएर यस अटो एक्स्पोको अनुभव लिन आग्रह गरेको छ।
लक्ष्मी ग्रुप नेपालमा नवप्रवर्तनशील, वातावरणमैत्री र भविष्य उन्मुख गतिशीलता समाधानहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धतामा अडिग रहँदै ग्राहकहरूको मूल्य र स्वामित्व अनुभवलाई निरन्तर उकास्दै आएको छ।
अर्थ चाैतारी ।