काठमाण्डौ । नेपालमा फोर्ड गाडीहरूको आधिकारिक आयातकर्ता G.O Automobiles Pvt. Ltd. ले सीमित अवधिका लागि एक ऐतिहासिक अफर सार्वजनिक गरेको छ । नेपालमै पहिलोपटक फोर्डका प्रिमियम SUV तथा पिकअप (Ford Everest, Ford Raptor र Ford Ranger) किन्ने ग्राहकले नयाँ इलेक्ट्रिक भेहिकल (EV) निःशुल्क प्राप्त गर्नेछन् ।
इन्धनको बढ्दो मूल्य र दिगो यातायातप्रतिको चासो बढिरहेको सन्दर्भमा फोर्ड नेपालले लामो यात्राका लागि बलियो फोर्ड गाडी र दैनिक सहर आवतजावतका लागि EV गरी दुवै विकल्प एकै प्याकेजमा उपलब्ध गराइएको जनाएको छ । यस योजनाअन्तर्गत, Ford Everest, Ford Raptor वा Ford Ranger खरिद गर्ने ग्राहकले एकै मूल्यमा दुई वटा गाडी घर लैजान सक्नेछन् ।
“नेपालमै पहिलोपटक ल्याइएको यो अफरले ग्राहकलाई फोर्डको रोमाञ्च र विद्युतीय सवारीको व्यवहारिकता एकैसाथ अनुभव गर्ने अवसर दिन्छ,” G.O Automobiles Pvt. Ltd. का प्रतिनिधिले भने ।
G.O Automobiles Pvt. Ltd. (GO Ford) को थापाथलीमा ४,६०० वर्गफुटको आधुनिक सोरुम तथा १८,००० वर्गफुटको अत्याधुनिक वर्कशप सुविधा रहेको छ, जहाँ दक्ष प्राविधिक र आधुनिक उपकरणहरू उपलब्ध छन् ।
हाल कम्पनीसँग नेक्स्ट–जेनेरेशन Ford Everest 2.0L Bi-Turbo, नेक्स्ट–जेनेरेशन Ford Ranger 2.0L नेक्स्ट–जेनेरेशन Ford Raptor 3.0L मोडल उपलब्ध छन् ।
अर्थ चाैतारी ।