logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • निर्माण व्यवसायी महासंघको २६ औं साधारण सभा तथा १३ औं अधिवेशन सुरू

    निर्माण व्यवसायी महासंघको २६ औं साधारण सभा तथा १३ औं अधिवेशन सुरू

    260
    SHARES
    निर्माण व्यवसायी महासंघको २६ औं साधारण सभा तथा १३ औं अधिवेशन सुरू

    काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघको २६ औं साधारण सभा तथा १३ औं अधिवेशन मंगलबारदेखि काठमाण्डौमा सुरु भएको छ। काठमाण्डौस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजना गरिएको यस विशेष समारोहको उद्घाटनसँगै तीन दिने कार्यक्रमको औपचारिक सुरुवात भएको हो।



    चैत १७, १८ र १९ गतेसम्म चल्ने यस अधिवेशनमा देशभरका निर्माण व्यवसायी प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको छ। महासंघले यस अधिवेशनलाई निर्माण क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरू र आगामी कार्यदिशा तय गर्ने महत्त्वपूर्ण अवसरको रूपमा लिएको छ।

    सभाबाट महासंघकाे नयाँ नेतृत्व पनि चयन रहनेछ। महासंघको १३ औं अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ। नेतृत्वका लागि आकांक्षीहरूबीच चुनावी प्रतिस्पर्धा तीव्र देखिएको छ।

    अध्यक्ष पदका प्रत्यासीहरूले आ–आफ्नो प्यानल नै बनाएर चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन्। निर्माण व्यवसायलाई मर्यादित बनाउने, सार्वजनिक खरिद नियमावलीका समस्या समाधान गर्ने र व्यवसायीहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धतासहित उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्।

    महासंघको यो अधिवेशनले देशभरका करिब १७ हजार भन्दा बढी निर्माण व्यवसायीहरूको साझा मुद्दालाई सम्बोधन गर्ने र निर्माण उद्योगलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट