logo

२०८३ जेष्ठ १०, आइतबार

logo
  • २०८३ जेष्ठ १०, आइतबार
  • शशिभूषण यादवविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

    शशिभूषण यादवविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

    390
    SHARES
    शशिभूषण यादवविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

    काठमाण्डौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ निरिक्षक शशिभूषण कुमार यादवसमेतका प्रतिवादीका हकमा गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।



    गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले यादव विरुद्ध रु चार करोड ४७ लाख ३४ हजार २१२ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो। सो मुद्दामा विशेष अदालतले २०८१ असार २३ गतेको फैसलामा आशिंक सफाई दिएको थियो। गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति विभिन्न आफन्तहरूका नाममा राखेको पाइएको छ।

    विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, थप कारवाहीको माग गर्दै पुनरावेदन गरिएको जानकारी दिए।


    अर्थ चाैतारी
  • शुक्रबार, २५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट