logo

२०८३ जेष्ठ १०, आइतबार

logo
  • २०८३ जेष्ठ १०, आइतबार
  • प्रतिनिधि सभाको तीन महिने सम्भावित कार्यसूची सार्वजनिक

    प्रतिनिधि सभाको तीन महिने सम्भावित कार्यसूची सार्वजनिक

    286
    SHARES
    प्रतिनिधि सभाको तीन महिने सम्भावित कार्यसूची सार्वजनिक

    काठमाण्डौ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको वैशाखदेखि असारसम्मको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ । कार्यतालिकाअनुसार सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट प्रस्तुतिदेखि विभिन्न विभिन्न विधेयकहरू माथिको छलफल र पारित गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।



    वैशाख २८ गते राष्ट्रपतिबाट आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल, धन्यवाद प्रस्ताव तथा निर्णय प्रक्रियालाई अगाडि बढाइनेछ ।

    जेठ महिनामा संसद्को मुख्य ध्यान बजेट अधिवेशनमा केन्द्रित हुने कार्यसूची छ । कार्यतालिकामा वैकल्पिक विकास वित्त परिचालन विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक, पर्यटन विधेयक, चलचित्र विधेयकलगायत विभिन्न विधेयकहरू माथि छलफल र समितिमा पठाउने प्रस्तावहरू पनि समावेश गरिएका छन् ।

    असार महिनामा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल, खर्च कटौती प्रस्ताव तथा सम्बन्धित मन्त्रीहरूको जवाफपछि बजेट पारित गर्ने प्रक्रिया अगाडि बढाइनेछ। साथै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकलाई पनि संसद्‌बाट टुङ्ग्याउने तयारी गरिएको छ ।

    संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा आवश्यकताअनुसार आकस्मिक विषय थपघट हुन सक्ने उल्लेख गरिएको छ ।

    यस्ताे छ सम्भावित कार्यसूची

    calendar-2083-01-28-to-2083-03-08_page-0001

    calendar-2083-01-28-to-2083-03-08_page-0002

    calendar-2083-01-28-to-2083-03-08_page-0003


    अर्थ चाैतारी
  • शुक्रबार, २५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट