logo

२०८३ जेष्ठ १०, आइतबार

logo
  • २०८३ जेष्ठ १०, आइतबार
  • रुख ढलेर बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

    रुख ढलेर बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

    221
    SHARES
    रुख ढलेर बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

    काठमाण्डौ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ।



    म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा शनिबार साँझ रूख ढलेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन्।

    स्थानीय बासिन्दाका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्री प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले सडक विभागका उपकरण, सुरक्षाकर्मी र मजदूर परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको बताए।


    अर्थ चाैतारी
  • आइतबार, १० जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट