काठमाण्डौ । सामसङ नेपालले ‘सामसङ सेभिङ डेज’ अफर घोषणा गरेको छ, जसअन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक बचत तथा मासिक किस्तामा सहज वित्तीय सुविधा उपलब्ध गराइएको छ ।
यो अफर बजेट धेरै नबढाई आवश्यक होम अप्लायन्सहरू अपग्रेड गर्न चाहने ग्राहकका लागि ल्याइएको हो । यो अभियान मे २१ देखि जुलाई १९, २०२६ सम्म लागू हुनेछ, जसले ग्राहकहरूलाई गर्मीयाममा सहजरूपमा घरका आवश्यक उपकरणहरू अपग्रेड गर्ने अवसर प्रदान गर्नेछ ।
यस अफरअन्तर्गत ग्राहकहरूले छनोट गरिएका वासिङ मेसिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छूट पाउन सक्नेछन् । साथै, २४ महिनासम्मको एक्सटेन्डेड इएमआई सुविधा पनि उपलब्ध छ, जहाँ वासिङ मेसिनको मासिक किस्ता एक हजार ३७० रुपैयाँबाट र रेफ्रिजरेटरको मासिक किस्ता एक हजार ४०८ रुपैयाँबाट सुरू हुनेछ । यसले मासिक किस्ताको भार कम हुने भएकाले घरको बजेटमा सहजरूपमा मिलाएर आवश्यक होम अप्लायन्सहरू अपग्रेड गर्न सजिलो बनाउने छ ।
साथै, हुलास फिनसर्भ हायरपर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको इएमआई योजनामा उपकरणहरू खरिद गर्न सक्नेछन्, जसले फाइनान्स प्रक्रियालाई अझ सहज बनाउने छ ।
नयाँ सामसङ होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोरमार्फत वा नेपालभरका आधिकारिक सामसङ रिटेल स्टोरहरूबाट आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्नेछन् । अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकको आधिकारिक सामसङ स्टोरमा गई विस्तृत जानकारी लिन सक्नेछन् ।

अर्थ चाैतारी ।