logo

२०८३ जेष्ठ १०, आइतबार

logo
  • २०८३ जेष्ठ १०, आइतबार
  • सेबोन अध्यक्षका लागि तीन जनाको नाम सिफारिस, दाबेदार क्षेत्रीबारे मन्त्री वाग्लेको ध्यानाकर्ष्ण

    सेबोन अध्यक्षका लागि तीन जनाको नाम सिफारिस, दाबेदार क्षेत्रीबारे मन्त्री वाग्लेको ध्यानाकर्ष्ण

    39
    SHARES
    सेबोन अध्यक्षका लागि तीन जनाको नाम सिफारिस, दाबेदार क्षेत्रीबारे मन्त्री वाग्लेको ध्यानाकर्ष्ण

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सिफारिस समितिले अध्यक्ष पदका लागि तीन जनाको नाम छनोट गरी गत साता शुक्रबार नै अर्थमन्त्रीसमक्ष पेश गरेको स्रोतले जनाएको छ। अब मन्त्रिपरिषद् बैठकले तीमध्ये एक जनालाई बोर्डको नयाँ अध्यक्षमा नियुक्त गर्नेछ।



    अध्यक्ष पदका लागि आवेदन दिएका ४७ जनामध्ये चार जना अन्तर्वार्ताका लागि छनोट भएका थिए। अन्तिम चरणमा पुगेका उम्मेदवारहरूले शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिएका थिए।

    उक्त प्रक्रियामा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट सहभागी भएका थिए। तीमध्ये योग्यता, कार्ययोजनाको प्रभावकारिता र अन्तर्वार्ताको प्रदर्शनका आधारमा तीन जनाको नाम सिफारिस गरिएको हो।

    सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाउने व्यवस्था रहेको छ। मन्त्रिपरिषद्ले तीमध्येबाट एक जनालाई बाँकी साढे दुई वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ।

    यसअघि अघिल्लो सरकारले २०८० मंसिरमा सन्तोष नारायण श्रेष्ठ लाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको थियो। तर नयाँ राजनीतिक समीकरणपछि उनले गत वैशाख ४ गते राजीनामा दिएका थिए, त्यसयता बोर्ड अध्यक्ष पद रिक्त रहँदै आएको छ।

    यसैबीच, स्रोतका अनुसार अन्तर्वार्तामा उत्कृष्ट चारमध्ये परेका मुकुन्द कुमार क्षेत्रीबारे छनोट समितिले अर्थमन्त्रीलाई छुट्टै जानकारी गराएको छ। विभिन्न सञ्चारमाध्यममा आएका विषय तथा सम्भावित स्वार्थ बाझिने अवस्थाबारे पनि समितिले मन्त्रीलाई अवगत गराएको बताइएको छ। छनोट प्रक्रियामा उठेका यस्ता प्रश्नले अन्तिम निर्णयलाई थप संवेदनशील बनाएको छ।

    अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस भएका नाममध्ये एक जनालाई सेबोनको नयाँ अध्यक्षका रूपमा चयन गर्नेछ।


    अर्थ चाैतारी
  • आइतबार, १० जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट