logo

२०८३ जेष्ठ १०, आइतबार

logo
  • २०८३ जेष्ठ १०, आइतबार
  • एथर नेपालको विर्तामोडमा नयाँ ‘एक्सपेरियन्स सेन्टर’ को भव्य उद्घाटन

    एथर नेपालको विर्तामोडमा नयाँ ‘एक्सपेरियन्स सेन्टर’ को भव्य उद्घाटन

    377
    SHARES
    एथर नेपालको विर्तामोडमा नयाँ ‘एक्सपेरियन्स सेन्टर’ को भव्य उद्घाटन

    विराटनगर । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर नेपाल (Ather Nepal) ले झापाको विर्तामोडमा आफ्नो नयाँ एथर एक्सपेरियन्स सेन्टरको भव्य उद्घाटन गरेको छ। यस नयाँ सोरुमको सञ्चालनसँगै एथरले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई तीव्र रूपमा विस्तार गर्ने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।



    विर्तामोडमा अवस्थित यस आधुनिक सेन्टरको औपचारिक उद्घाटन आइतबार, जेठ १०, २०८३ मा भुर्तेल एनर्जी प्रालि (Bhurtel Energy Pvt. Ltd.) को डिलर व्यवस्थापन अन्तर्गत सम्पन्न भएको हो। यो उद्घाटन एथर नेपालको देशभर आधुनिक, स्मार्ट, उच्च प्रदर्शनयुक्त तथा दिगो यातायात समाधानलाई ग्राहकसम्म पुर्‍याउने यात्रामा अर्को एउटा महत्वपूर्ण उपलब्धि हो।

    विर्तामोड एक्सपेरियन्स सेन्टर सञ्चालनमा आएसँगै एथर नेपालको देशभर शोरुम संख्या ११ वटा पुगेको छ। हाल काठमाण्डौ उपत्यकाभित्र ५ वटा केन्द्रसहित उपत्यकाबाहिर पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र अब विर्तामोडमा समेत एथरको उपस्थिति विस्तार भइसकेको छ। यसका साथै ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा तथा सहज स्वामित्व अनुभव प्रदान गर्न देशभर १० वटा आधिकारिक सर्भिस सेन्टरहरू पनि सञ्चालनमा रहेका छन्। दुईपांग्रे ईभी सेग्मेन्टमा ग्राहकको भरोसा जित्नका लागि एथरले सबैभन्दा लामो ८ वर्षसम्मको एक्स्टेन्डेड ब्याट्री वारेन्टी समेत प्रदान गर्दै आएको छ।

    नयाँ एक्सपेरियन्स सेन्टरमा एथरको सम्पूर्ण उत्पादन लाइनअप उपलब्ध हुनेछ, जसमा पर्फोमेन्स-केन्द्रित ‘एथर ४५० सिरिज’ (Ather 450 series) तथा आधुनिक परिवारलाई लक्षित गरी बनाइएको ‘एथर रिज्टा’ (Ather Rizta) समावेश छन्। एथर ४५० सिरिज विशेषगरी उच्च प्रदर्शन, स्मार्ट प्रविधि र उत्कृष्ट राइडिङ अनुभव खोज्ने ग्राहकका लागि डिजाइन गरिएको हो। यसमा शक्तिशाली एक्सेलेरेसन, गुगल म्यापमा आधारित नेभिगेसन, अटोहोल्ड, फल सेफ, रिभर्स मोड, विभिन्न राइड मोडहरू तथा रेस्पोन्सिभ टचस्क्रिन ड्यासबोर्ड जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन्, जसले यसलाई नेपालको सबैभन्दा एडभान्स इलेक्ट्रिक स्कुटरमध्ये एक बनाएको छ।

    त्यसैगरी, एथर रिज्टा आधुनिक परिवार र दैनिक प्रयोगलाई केन्द्रमा राखेर डिजाइन गरिएको स्कुटर हो। विशाल सिट, ठूलो स्टोरेज क्षमता, सुरक्षा केन्द्रित इन्जिनियरिङ, ट्र्याक्सन कन्ट्रोल, चोरी वा तानेर लैजाँदा थाहा पाउने अलर्ट, ड्यासबोर्डमै ह्वाट्सएप नोटिफिकेसन हेर्न मिल्ने सुविधा, साथै आरामदायी राइडिङ पोस्चर लगायतका विशेषताले रिज्टालाई दैनिक यात्राका लागि प्रविधि, सुविधा र विश्वसनीयताको उत्कृष्ट संयोजन बनाएको छ।

    विर्तामोडको यस नयाँ केन्द्रमा आउने ग्राहकहरूले स्कुटरहरूको प्रत्यक्ष प्रदर्शनी र डेमो अनुभव गर्नुका साथै एथर ४५० सिरिज र रिज्टाको टेस्ट राइड समेत लिन सक्नेछन्। साथै यहाँ स्मार्ट फिचर्स, कनेक्टेड टेक्नोलोजी, फाइनान्सिङ तथा एक्सचेन्ज सुविधा र ईभी चार्जिङ सम्बन्धी सम्पूर्ण परामर्श एकै ठाउँबाट प्राप्त हुनेछ। अब विर्तामोडकै आफ्नै आधिकारिक सर्भिस सेन्टर र आवश्यक स्पेयर पार्ट्सको उपलब्धताका कारण ग्राहकहरूले बिक्रीपछिको सेवा ढुक्क र चिन्तामुक्त भएर लिन सक्नेछन्।

    नेपालमा ईभी इकोसिस्टमलाई मजबुत बनाउन एथर नेपालले आफ्नो फास्ट-चार्जिङ इन्फ्रास्ट्रक्चर (Ather Grid) लाई निरन्तर विस्तार गर्दै आएको छ, जस अन्तर्गत देशभर ४० भन्दा बढी फास्ट चार्जिङ नेटवर्क सञ्चालनमा छन्। प्रदेश १ मा बढ्दो एथर ग्राहक समुदायलाई सहज यात्रा अनुभव प्रदान गर्न एथरले आफ्नो फास्ट चार्जिङ नेटवर्कलाई पनि विस्तार गर्दै लगिरहेको छ। हाल एथर राइडरहरूले विर्तामोडस्थित ३ डिग्री क्याफे, धरानस्थित सीएसई अफिस अटोमेसन तथा इटहरीको खेती खोलास्थित एथर एक्सपेरियन्स सेन्टरमा फास्ट चार्जिङ सेवा उपयोग गर्न सक्नेछन् भने निकट भविष्यमा थप चार्जिङ स्थानहरू विस्तार गर्ने योजना रहेको छ।

    विर्तामोड एक्सपेरियन्स सेन्टरको उद्घाटनले नेपालको प्रमुख शहरहरूमा प्रिमियम इलेक्ट्रिक मोबिलिटीलाई सहज रूपमा उपलब्ध गराउने एथर नेपालको दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ। विर्तामोडमा सोरुम उद्घाटनको विशेष अवसरमा ग्राहकहरूका लागि जेठ १७, २०८३ सम्म सीमित अवधिका लागि आकर्षक अफरहरू सार्वजनिक गरिएको छ।

    यस विशेष योजनाअन्तर्गत एक्स्टेन्डेड ब्याट्री वारेन्टी, आकर्षक ०% ब्याजदरमा फाइनान्सिङ सुविधा तथा अतिरिक्त एक्सचेन्ज भ्यालुएसन बेनिफिट्स उपलब्ध गराइनेछ, जसले ग्राहकहरूलाई स्मार्ट इलेक्ट्रिक मोबिलिटी अपनाउन अझ सहज बनाउनेछ। एथर नेपालले सम्पूर्ण ग्राहक, सञ्चारकर्मी र ईभी प्रेमीहरूलाई नयाँ एक्सपेरियन्स सेन्टर भ्रमण गरी भविष्यको स्मार्ट सवारी साधनको अनुभव लिन हार्दिक निमन्त्रणा गरेको छ।


    अर्थ चाैतारी
  • आइतबार, १० जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट