logo

२०८३ जेष्ठ २६, मंगलबार

logo
  • २०८३ जेष्ठ २६, मंगलबार
  • बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग

    बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग

    286
    SHARES
    बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग

    काठमाण्डौ । बाढी, पहिरो र सडक मर्मतका कारण मुलुकका विभिन्न प्रमुख राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ। आज बिहान साढे ६ बजेसम्मको विवरण अनुसार काठमाण्डौ उपत्यकासहित कोशी र बागमती प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका छन्।



    काठमाण्डौको चन्द्रागिरि नगरपालिका–९ देउराली देवीस्थानमा पहिरो खसेका कारण सतुङ्गल–चित्लाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मर्मत कार्य गर्नुपर्ने भएकाले यो सडक एक महिनाका लागि बन्द गरिएको छ।

    यसैगरी, बागमती प्रदेशको मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिकाका विभिन्न स्थानमा सडक मर्मत जारी रहेकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाण्डौ सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। यो खण्ड पनि मर्मतका लागि एक महिना बन्द रहने जानकारी दिइएको छ। काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै वीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    कोशी प्रदेशमा मध्य पहाडी लोकमार्गका दुई ठाउँमा अवरोध देखिएको छ। पाँचथरको याङवरक गाउँपालिका–२ दोभानमा बाढीका कारण मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

    यस्तै, भोजपुरको भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक अवरुद्ध भए पनि वैकल्पिक बाटोमार्फत यातायात एकतर्फी रूपमा सुचारु गरिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट