logo

२०८३ जेष्ठ २६, मंगलबार

logo
  • २०८३ जेष्ठ २६, मंगलबार
  • जेनजी आन्दोलनका दोषीलाई कारवाही, राजदरबार हत्याकाण्डको फाइल खोल्ने

    जेनजी आन्दोलनका दोषीलाई कारवाही, राजदरबार हत्याकाण्डको फाइल खोल्ने

    234
    SHARES
    जेनजी आन्दोलनका दोषीलाई कारवाही, राजदरबार हत्याकाण्डको फाइल खोल्ने

    काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले पदभार सम्हाल्दै चार महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन् ।



    पदभार ग्रहणका क्रममा उनले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि सहन सक्ने तर नेपाली चेलीहरूमाथि हुने अन्याय र पीडा असह्य हुने बताएका छन्। उनले तथ्यबिनाका आरोप र मिडिया ट्रायलका कारण कुनै व्यक्तिलाई आत्महत्या गर्ने अवस्था आउन नहुनेमा समेत जोड दिएका छन् ।

    उनका अनुसार २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरिएको छ । सो घटनाबारे यसअघि तयार भएका प्रतिवेदनहरूको अध्ययन गर्दै आवश्यक प्रक्रिया अघि बढाइने उनले बताएका छन् ।

    त्यस्तै, जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने विषयमा पनि अध्ययन गर्ने निर्णय गरिएको छ । गृहमन्त्री गुरुङले केन्द्रीय अनुसन्धान ब्यूरोलाई अझ सुदृढ बनाउने, छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंग्याउने र विभिन्न फाइलहरू पुनः खोल्ने निर्णयसमेत गरेका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट