logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • काठमाण्डौमा सरकारी-सार्वजनिक निकायबाट ट्रेड युनियनका कार्यालय हटाउन सातदिने अल्टिमेटम

    काठमाण्डौमा सरकारी-सार्वजनिक निकायबाट ट्रेड युनियनका कार्यालय हटाउन सातदिने अल्टिमेटम

    403
    SHARES
    काठमाण्डौमा सरकारी-सार्वजनिक निकायबाट ट्रेड युनियनका कार्यालय हटाउन सातदिने अल्टिमेटम

    काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सरकारी तथा सार्वजनिक निकायभित्रका ट्रेड युनियन तथा कर्मचारी आबद्ध संघसंस्थाका कार्यालय हटाउन सात दिनको समयसीमा तोकेको छ। सोमबार साँझ जारी सूचनामार्फत प्रशासनले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका तथा विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैरसरकारी प्रकृतिका प्राविधिक वा पेसागत संघ, संगठन तथा संस्थाहरूका कार्यालय हटाउन निर्देशन दिएको हो।



    संघसंस्थाका केन्द्रीय, प्रादेशिक, जिल्ला, सम्पर्क तथा एकाइ कार्यालयहरूले सरकारी भवनभित्र राखिएका कार्यालय, साइनबोर्ड तथा अन्य संरचना हटाई सात दिनभित्र निजी वा भाडामा लिइएको भवनमा स्थानान्तरण गर्नुपर्ने सूचनामा उल्लेख छ। स्थानान्तरणपछि त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन पनि सूचनामा भनिएको छ।

    संस्था दर्ता ऐन, २०३४ अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भएका प्राविधिक, पेसागत तथा कर्मचारी आबद्ध गैरसरकारी प्रकृतिका संघ, संगठन र संस्थाले सरकारी भवन तथा संरचनाभित्र राखेका केन्द्रीय, प्रादेशिक, जिल्ला, सम्पर्क तथा एकाइका सबै कार्यालय हटाउनुपर्नेछ।

    यस्तै सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई समेत यस्ता संघसंस्थाले प्रयोग गरिरेहका बोर्ड, कक्ष र संरचना हटाई सम्बन्धित क्षेत्र खाली गराउन भनिएको छ।

    चेतावनी दिँदै सूचनामा भनिएको छ, ‘यस सूचनाको अवज्ञा गरी संघसंस्थाका कार्यालयहरू सरकारी कार्यालयका संरचनाहरूमा सञ्चालन गरी राखेको पाइएमा कानुनबमोजिम कारबाही भई जाने बेहोरासमेत आदेशानुसार अनुरोध छ।’


    अर्थ चाैतारी
  • मंगलबार, २ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट