logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • हकप्रद निष्काशन गर्ने विजय लघुवित्तको प्रस्ताव, साधारणसभा आह्वान

    हकप्रद निष्काशन गर्ने विजय लघुवित्तको प्रस्ताव, साधारणसभा आह्वान

    403
    SHARES
    हकप्रद निष्काशन गर्ने विजय लघुवित्तको प्रस्ताव, साधारणसभा आह्वान

    काठमाण्डौ । विजय लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार २७ गते शुक्रबार साधारणसभा आह्वान गरेको हो।



    कम्पनीले सभामा विशेष प्रस्ताव अन्तर्गत हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजान लागेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो। साधारणसभाले पारित गरेपछि र नियामक निकायले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।

    त्यस्तै सभामा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधन आवश्यक परेमा संचालक समितिलाई अख्तियारी दिने, ९.२२ प्रतिशतले हुने संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने लगायतका प्रस्ताव पनि पेश हुने छन्।

    कम्पनीले साधारणसभा प्रयोजनको लागि असार ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।


    अर्थ चाैतारी
  • मंगलबार, २ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट