काठमाण्डौ । प्रधान न्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्माविरूद्ध सर्वोच्च अदालतमा पेस भएको रिट दरपीठ भएको छ। शुक्रबार सर्वोच्च प्रशासनले पेस भएको तीन वटा रिटलाई दर्ता गर्न अस्वीकार गरेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू गीता थापा र प्रेमराज सिलवालले पेस गरेको रिटलाई दर्ता गर्न अस्वीकार गरिएको हो ।
बिहीबार मात्रै संवैधानिक परिषद्ले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो । रोलक्रम मिचेर शर्मालाई प्रधान न्यायाधीश सिफारिस गरिएको भन्दै सरकारको आलोचना समेत भइरहेको छ।
अर्थ चाैतारी ।