logo

२०८३ जेष्ठ १०, आइतबार

logo
  • २०८३ जेष्ठ १०, आइतबार
  • भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य

    भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य

    312
    SHARES
    भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य

    काठमाण्डौ । भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढाइएको छ । दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा बढेर ९९ रुपैयाँ ५१ पैसा पुगेको छ भने डिजेलको मूल्य ९१ पैसा बढेर ९२ रुपैयाँ ४९ पैसा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



    यो वृद्धि पछिल्लो ९ दिनभित्र तेस्रो पटक गरिएको हो । यसअघि पनि दुई पटक इन्धनको मूल्य बढाइएको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण भारतमा पेट्रोलियम पदार्थ महँगिएको बताइएको छ । इरान–अमेरिका तनाव र पश्चिम एसियाको अवस्थाका कारण कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ ।

    भारतमा मूल्य बढेसँगै नेपालमा पनि यसको असर पर्न सक्ने देखिएको छ । नेपालले पेट्रोलियम पदार्थ भारतबाट आयात गर्ने भएकाले भारतीय आयल कर्पोरेसनले पठाउने नयाँ मूल्यसूचीका आधारमा नेपालमा पनि मूल्य समायोजन हुन सक्छ ।

    नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजार र भारतबाट आउने खरिद मूल्यका आधारमा हरेक १५ दिनमा मूल्य समायोजन हुँदै आएको छ ।

    इन्धनको मूल्यवृद्धिले यातायात, ढुवानी र दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर पार्न सक्ने अनुमान गरिएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १० जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट