logo

२०८३ जेष्ठ १३, बुधबार

logo
  • २०८३ जेष्ठ १३, बुधबार
  • २७ सार्वजनिक संस्थानले मात्रै नाफा कमाए, १६ वटा नोक्सानीमा

    २७ सार्वजनिक संस्थानले मात्रै नाफा कमाए, १६ वटा नोक्सानीमा

    364
    SHARES
    २७ सार्वजनिक संस्थानले मात्रै नाफा कमाए, १६ वटा नोक्सानीमा

    काठमाण्डौ । सरकारको लगानी रहेका सार्वजनिक संस्थानहरूको अवस्थामा केही सुधार देखिए पनि चुनौतीहरू कायमै छन् । हाल अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये गत आर्थिक वर्ष २०८१/८२ मा २७ वटा नाफामा छन् भने १६ वटा नोक्सानीमा रहेका छन् । बाँकी २ वटा संस्थान बन्द अवस्थामा छन् । अघिल्लो वर्ष नाफामा रहेका संस्थानको संख्या २८ थियो ।



    बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसमा पेश गरेको सार्वजनिक संस्थानको प्रतिवेदन अनुसार सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यसमध्ये सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

    सार्वजनिक ऋणको भार पनि बढ्दै गएको छ । २०८२ फागुनसम्म कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ, जुन कुल गार्हस्थ उत्पादनको ४३.६ प्रतिशत हुन आउँछ ।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट