logo

२०८३ जेष्ठ २६, मंगलबार

logo
  • २०८३ जेष्ठ २६, मंगलबार
  • पर्यटनबाट मुलुकले गर्ने आय घट्यो, सेवा क्षेत्र घाटामा

    पर्यटनबाट मुलुकले गर्ने आय घट्यो, सेवा क्षेत्र घाटामा

    156
    SHARES
    पर्यटनबाट मुलुकले गर्ने आय घट्यो, सेवा क्षेत्र घाटामा

    काठमाण्डौ । पर्यटनबाट मुलुकले गर्ने आय सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिना (वैशाखमसान्त)सम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार वैशाखसम्म खुद सेवा आय ६८ अर्ब २२ करोड घाटामा छ ।



    यस अवधिमा भ्रमण आय ७४ अर्ब १८ करोड रुपैयाँ मात्र भएको छ । अघिल्लो वर्ष सोही अवधिमा भ्रमण आय ७५ अर्ब ८३ करोड थियो । यस अवधिमा भ्रमण व्यय १ खर्ब ७७ अर्ब ८७ करोड रुपैयाँ बराबर भएको छ । गत आवको यसै अवधिमा भ्रमण व्यय १ खर्ब ८४ अर्ब २२ करोड भएको थियो ।

    यस वर्ष आम्दानी २.२ प्रतिशतले घटेको छ । त्यस्तै खर्च ३.४ प्रतिशतले घटेको छ । आय भन्दा खर्च धेरै हुँदा खुद सेवा आय घाटामा रहेको हो । सेवा खाता अन्तर्गत भ्रमण व्ययमा शिक्षातर्फको खर्च १ खर्ब २० अर्ब ५० करोड रुपैयाँ बराबर भएको छ । अघिल्लो आवको सोही अवधिमा १ खर्ब १२ अर्ब ३९ करोड व्यय शिक्षाको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट