logo

२०८३ जेष्ठ २६, मंगलबार

logo
  • २०८३ जेष्ठ २६, मंगलबार
  • शिवशिखर सहकारीबाट पीडित २१६ जनाले पाए बचत फिर्ता

    शिवशिखर सहकारीबाट पीडित २१६ जनाले पाए बचत फिर्ता

    13
    SHARES
    शिवशिखर सहकारीबाट पीडित २१६ जनाले पाए बचत फिर्ता

    काठमाण्डौ । सरकारले समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीका २१६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उनीहरुको बचत फिर्ता गरेको हो ।



    समितिका अनुसार ऋणीबाट असुल गरिएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको हो । समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्नेछ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।

    पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।

    समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य भइरहेको छ । हालसम्म १३ सय १३ जना साना बचतकर्ताले बचत फिर्ता पाइसकेको समितिले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट