logo

२०८३ जेष्ठ २६, मंगलबार

logo
  • २०८३ जेष्ठ २६, मंगलबार
  • छिमेक लघुवित्तको लाभांश घोषणा

    छिमेक लघुवित्तको लाभांश घोषणा

    728
    SHARES
    छिमेक लघुवित्तको लाभांश घोषणा

    काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।



     

     

    संस्थाको सञ्चालक समितिको बुधबार (पुस २७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको कुल २५.२६ प्रतिशतले हुन आउने ५८ करोड ७० लाख ६७ हजार ६६० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

     

     

    प्रस्तावित लाभांशमा २२ प्रतिशतले हुन आउने ५१ करोड १३ लाख २ हजार रुपैयाँबराबरको बोनस सेयर र ३.२६ प्रतिशतले हुन आउने ७ करोड ५७ लाख ६५ हजार ६६० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट