images

हाम्रो बारेमा

समाजको एक अविच्छिन्न मार्ग हो आर्थिक क्षेत्र । नुन देखि उन हुँदै सुनसम्म होस् या चुलो देखि कुलो हुँदै हाइड्रो सम्म जोड्ने एउटै माध्याम हो आर्थिक क्षेत्र । आर्थिक पत्रकारीतामा लामो अनुभव संगालेपछि फरक स्वादका साथ अर्थ चौतारी यहाँहरु माझ सुम्पेका छौं । अर्थ चौतारीले समाजमा हुने हरेक आर्थिकका साथै सामाजिक तथा प्रशासनिक कुराहरुलाई प्रथामीकताका साथ प्रकाशन गर्नेछ । यद्धयपी अर्थ चौतारी मूलतः आर्थिक क्षेत्रसँग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने घटना, पात्र, प्रवृत्ति र मुद्दाको बिषयमा रहेर काम गर्न अनलाइन सञ्चार माध्यम हो ।

 

डार्क वेभ मिडिया प्रा. लि. को अनलाइन प्रकाशन संस्करणका रूपमा अर्थ चौतारी डट कमको प्रकाशन, प्रसारण थालनी भएको छ । यो पलपलका आर्थिक सूचना, घटना, जानकारी, समाचार र बिज्ञापनको सेतु पात्र हो । जनता र आर्थिक क्षेत्र बिच सूचना र सञ्चारको पुलका रूपमा यसले निरन्तर जिम्मेवारी निर्वाह गर्नेछ । अर्थ चौतारीमा प्रकाशित भएका कुनै पनि बिषय वस्तुसमा कुनै गुनासो, सल्लाह वा सुझाव भए सिधै हामीलाई बताउन सक्नु हुनेछ । हामी यहाँहरुको प्रतिकृयालाई सदैव सकरात्मक रुपमा ग्रहण गनेछौं ।

 

डार्क वेभ मिडिया आ. व. २०७८/०७९ मा कम्पनी रजिष्ट्रार कार्यालयमा दार्ता भएको एकल स्वामीत्वको प्राइभेट लिमिटेड कम्पनी हो । यस डार्क वेभ मिडिया प्रा. लि. को रजिष्ट्रार कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालीका वडा नं. १० स्थित नयाँ वानेश्वरमा रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट सञ्चार सम्बन्धि कार्यका लागि अनुमति प्राप्त पछि नेपाल सरकारले तोकेका आवश्यक प्रकृया अपनाई पुर्ण रुपमा सञ्चालमा आएको छ ।