काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सांसदहरूले अर्थ समितिबाट सार्वजनिक खरिद ऐन संशोधन पास गरे लगत्तै स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रिपरिषद्बाट पास गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबारबाट काठमाडौँमा सुरु भएको तेस्रो हिमालयन अन्तर्राष्ट्रिय एक्स्पो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उद्योगमन्त्री भण्डारीले पछिल्लो समय धेरै विधेयकहरू समितिहरूमा अल्झे...