काठमाण्डौ । नेसनल इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप राहात कोषमा आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले राहात कोषमा १० लाख रुपैयाँबराबरको आर्थिक सहयोग प्रदान गरेको हो। उक्त रकमबराबरको चेक कम्पनीका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदान गरेका छन्। हालैको बाढीपहिरोबाट पीडित बनेकाहरुको उद्धार र राहातका लागि उक्त रकम सहयोग गरिएको कम्पनीले जनाएको छ।...