काठमाण्डाै । अर्थमन्त्री डा. प्रकाश शरण महतले बचतकर्तालाई सरकारले अन्याय गर्न नहुने बताएका छन् । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले ऋणीले लिएको ऋण बचतकर्ताको भएकाले अन्यायमा पर्न नदिने बताएका हुन् । ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो बचतकर्ताको पैसा हो । ऋण मिनाहा भनेको बचतकर्ताको बचत सकिनु हो,’ अर्थमन्त्री महतले भने, ‘त्यसको ...